राजनीति

सभामुख र सांसद अराजक भएकाले संसद विघटन गरिदिएँः प्रधानमन्त्री ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते १५:०६
सभामुख र सांसद अराजक भएकाले संसद विघटन गरिदिएँः प्रधानमन्त्री ओली (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको दावी गर्नुभएको छ ।

सभामुख र सांसद अनुशासनहीन भएको तथा आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटन गरेको प्रधानमन्त्रीको आरोप छ ।

विदेशमा रहेका आफना कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै ओलीले संसद र सभामुखप्रति आक्रोश व्यक्त गर्नुभयो ।

संसद्‍मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । नामै नलिई ओलीले एमसीसी अघि नबढाएकोमा सभामुखप्रति आक्रोश व्यक्त गर्नुभयो ।

आफूले विघटन गरेको संसद ब्यूँताउन पनि सभामुख सापकोटाले कीर्ते सनाखत गरेर अविश्वास प्रस्ताव दर्ताको समय फेरेको ओलीले आरोप लगाउनुभयो ।

मुलुकलाई अस्थिरताबाट बचाउन आफूले कदम चालेको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्