Main News

राष्ट्रियसभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ पुष १७ गते १४:४५
राष्ट्रियसभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण

१७ पुस २०७७ काठमाडौं । राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैठक शुरु हुनुअघि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।

हिउँदे अधिवेशन अघि हिजो ४१ सांसदसहित ९७ जनाको स्वाब परीक्षण गरिएको थियो । कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

सांसद परशुराम मेघी गुरुङमा संक्रमण देखिएको छ । १५ दिन जति अघि आफू बिरामी परेको तर परीक्षण नगराएको गुरुङले बताउनुभयो । अहिले भने उहाँमा कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

सांसद र कर्मचारीमा संक्रमण देखिए पनि अधिवेशनमा भने प्रभाव नपर्ने सचिवालयले जनाएको छ । बैठक चलाउन सबै तयारी गरिएको सहप्रवक्ता धमलाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *