मध्यपुर थिमि नगरपालिकाद्वारा सम्पदा पदयात्रा आयोजना

Himalaya Television
२०७७ पुष १७ गते १४:१८

मध्यपुर थिमि नगरपालिकाद्वारा सम्पदा पदयात्रा आयोजना

१७ पुस २०७७ मध्यपुर थिमी । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि सम्पदा पदयात्रा गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास तथा प्रचार प्रसार गर्न शुक्रबार सम्पदा पदयात्रा गरेको हो ।

पदयात्रा मध्यपुर थिमिको सम्पदाचोकदेखि शुरु भई बोडेमा पुगेर समापन भएको छ । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनः निर्माण भएका सम्पदाहरुलाई अवलोकन गरिएको थियो ।

मध्यपुर थिमिभित्रका पाटी, पौवा, पोखरी, मन्दिर पार्क तथा ढुंगेधाराको अवलोकन गर्दै थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास भयो भन्ने सन्देश प्रवाह गर्न सम्पदा पदयात्रा गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

पदयात्रामा स्थानीय जनप्रतिनिधी तथा सर्वसाधारण, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्पदा पदयात्राले देशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको मध्यपुर थिमि खुल्ला रहेको सन्देश दिएको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs