धनुषामा बालकको हत्या गरेर गाडेको अवस्थामा शव फेला

हिमालय टिभी
२०७७ पुष १७ गते १४:०८
धनुषामा बालकको हत्या गरेर गाडेको अवस्थामा शव फेला

१७ पुस २०७७ धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको बिदेह नगरपालिका वडा नम्वर २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

उहाँका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको मिश्रले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा बालकको घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको छ ।

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *