Main News

जिल्ला तहमा नेकपाको विवाद झन् चर्को, संघातिक हमलादेखि बमले उडाउने धम्की (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १५ गते २०:४२
जिल्ला तहमा नेकपाको विवाद झन् चर्को, संघातिक हमलादेखि बमले उडाउने धम्की (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । अनौपचारिक रुपमा फुटिसकेको नेकपाको आन्तरिक विवाद जिल्ला तहमा झन चर्को देखिएको छ । धनुषामा ओली समूह मौन जस्तै छ भने प्रचण्ड–नेपाल समूह विभिन्न विरोध तथा प्रचारवाजीमा लागिरहेको छ । नेताहरुले विरोधीका दाँत झार्नेदेखि बमले उडाउने धम्की समेत दिइरहेका छन् ।

यो अभिव्यक्ति हो, नेकपाको दाहाल–नेपाल समूहका नेता रामचन्द्र झा को । यो अभिव्यक्तिले नेकपाको विवाद कहाँ र कुन तहसम्म पुगिसकेको छ भन्ने देखाउँछ ।

केन्द्रमा विवाद वाकयुद्धमा सीमित भइरहेका बेला जिल्लामा भने नेताहरु भौतिक आक्रमणको चेतावनीमै उत्रन थालेका छन् । झा जनकपुरधाममा भएको प्रचण्ड–नेपाल समूहको भेलामा बोल्दै हुनुहुन्थ्यो । ओलीमाथि विश्वास गर्नु गणतन्त्रवादी नेताका लागि घातकसिद्ध भएको नेता झाको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम २०१७ सालमा निरंकुश राजा महेन्द्रले गरेको ‘कु’ भन्दा खतरनाक भएको प्रचण्ड नेपाल समूहको बुझाइ छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई अब जनकपुरधाममा प्रवेश गर्न नदिनेसम्मका चेतावनी नेताले दिन थालेका छन् ।

केन्द्रमा ओली समूह आक्रामक देखिए पनि जिल्लामा भने प्रचण्ड(नेपाल समुहका नेता बढी आक्रोशित देखिएका छन् । जनकपुरमा ओली समूह भने अहिलेसम्म शान्त छ । तर यो पक्ष पनि प्रचण्ड नेपाल जस्तै गरेर उत्रने हो भने नेकपाको विवाद भौतिक रुपमै भिडन्तको तहमा नपुग्ला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *