Political Hightlights

अविश्वास दर्ता भए पनि प्रदेश सरकार विघटन हुँदैनः मन्त्री कार्की (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १५ गते १८:०४
अविश्वास दर्ता भए पनि प्रदेश सरकार विघटन हुँदैनः मन्त्री कार्की (भिडियोसहित)

१५ पुस २०७७ विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले जनतामा वितृष्णा हुने गरी प्रदेशको संरचना विघटनको पक्षमा प्रदेश सरकार नरहेको प्रष्टीकरण दिनुभएको छ ।

मन्त्री कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रदेश सरकार विघटना नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरी उहाँले मुख्यमन्त्री राईविरुद्ध हतारमा अविश्वासको प्रस्ताव दर्ता गरिएको भन्दै असन्तुष्टिसमेत जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्