Main News

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

हिमालय टिभी
२०७७ पुष १५ गते १४:५८
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ पुस २०७७ काठमाडौं । नेपाल कम्यृुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित दाहाललाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगाले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । लामो समयदेखि अस्वस्थ दाहाललाई थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो ।

यसअघि प्रचण्ड पत्नी सीता दाहाललाई स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *