खेलकूद

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ सँग सुदूरपश्चिम प्रदेश ५ विकेटले पराजित

हिमालय टिभी
२०७७ पुष १५ गते १४:०८
प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ सँग सुदूरपश्चिम प्रदेश ५ विकेटले पराजित

१५ पुस २०७७ दाङ । सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै प्रदेश १ दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

लमहीस्थित देउखुरी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लगातार दोस्रो जित निकाल्दै प्रदेश एक अन्तिम चारमा पुगेको हो ।

५४ रनको झिनो लक्ष्य प्रदेश एकले १५ ओभर एक बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । ओपनर काजल श्रेष्ठलाई एक रनमै गुमाएको प्रदेश एकले १५ रन अतिरिक्त पाएको थियो ।

यसअघि, टस पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा झारिएको खेलमा पुरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले नटआउट १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेन्न ।

सुदूरपश्चिमको पारी ध्वस्त पार्ने क्रममा प्रदेश एककी संगिता राईले ३ तथा सवनम राईले २ विकेट लिइन् । पहिलो खेलमा प्रदेश एकले बागमती प्रदेशलाई ४६ रनले र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले हराएका थिए ।

अहिले जारी दिनको दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्