दाङको छिल्लीकोटमा बनेको भ्यू टावरप्रति आन्तरिक पर्यटकको आकर्षण (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १९:०१
दाङको छिल्लीकोटमा बनेको भ्यू टावरप्रति आन्तरिक पर्यटकको आकर्षण (भिडियोसहित)

१४ पुस २०७७ दाङ । नेपालमा पछिल्लो समयमा भ्यु टावर बनाउने लहर चलेको छ । नेपालको बाइसे चौबीसे राज्यको ऐतिहासिक र धार्मिक आस्था रहेका कारण प्रसिद्ध रहेको छिल्लीकोटमा भ्यु टावर निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको विकट क्षेत्र भएका कारण खासै चर्चामा नआएको छिल्लीकोटमा अहिले पर्यटक आकर्षित गर्न भौतिक संरचना बनाइदैछ । भ्यु टावर लगायतका संरचनाले यो क्षेत्रमा चहलपहल बढेको छ ।

छिल्लीकोटको मुख्य आकर्षण एक छेउको टुप्पोमा कालिका र अर्को टुप्पोमा मालिका भगवतीको मन्दिर हो । छिल्लिकोटको टापुबाट दाङ उपत्यका लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । यहाँ अहिले दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

छिल्लीकोटमा तत्कालीन राजाले प्रयोग गरेका सामान, टुँडिखेल, इन्द्रचोक लगायतका ठाउँ भएकाले ऐतिहासिक महत्व पनि छ ।

छिल्लिकोट पछिल्लो पटक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । आन्तरिक पर्यटकले छिल्लिकोटको भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन् ।

छिल्लिकोटको विकासका लागि स्थानीय सरकार र संघसंस्थाले पनि प्रयास गरिरहेका छन् ।

छिल्लीकोट जान पर्यटन मार्गको रुपमा विजौरी हाडिमे बाटो बनाइँदै छ । होमस्टे निर्माणको तयारी पनि भइरहेको छ । साथै केवलकार संचालन गर्न पनि प्रक्रिया अघि बढाइएको छ । यी संरचना निर्माण भएपछि छिल्लिकोट पर्यटकिय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *