Main News

कारबाही फिर्ता र चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिन्छः मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १८:३३
कारबाही फिर्ता र चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिन्छः मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीमाथिको कारवाही फिर्ता लिएर चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिने बताउनुभएको छ ।

कपिलवस्तुमा आज संचारकर्मीसँग मुख्यमन्त्री पोखरेलले आफूहरुले कसैलाई पनि कारबाही नगरेको भन्दै अर्को पक्ष पनि चुनावका लागि तयार भए मिल्ने संभावना रहेको बताउनुभयो ।

संसद विघटनको मुद्दा अब अदालतमा पुगिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले सर्वोच्चको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो । उहाँले सर्वोच्चले चुनावमा जान बाटो खोल्ने दाबी पनि गर्नुभयो ।

नेकपा विवादको प्रदेशमा पर्ने असरबारे संचारकर्मीको जिज्ञासामा मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा पार्टीका दुइतिहाइ सांसद रहेको पनि दाबी गर्नुभयो ।

चिनियाँ टोलीको भ्रमणले पार्टीको अहिलेको अवस्थामा खासै फरक नपार्ने उहाँको भनाइ छ । मुख्यकुरा नेताहरुको मतभेद नै रहेकाले चिनियाँ टोलीले सदभाव मात्रै व्यक्त गर्न सक्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *