खेलकूद

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी

हिमालय टिभी
२०७७ पुष १४ गते १७:१८
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी

१४ पुस २०७७ काठमाडौं । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टीट्वेन्टी क्रिकेट प्रतियोगितामा प्रदेश एक र सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेका छन् ।

लमहीमा सम्पन्न समूह बीको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६० रनले हरायो । एक सय आठ रनको लक्ष्य पछ्याएको गण्डकीलाई मात्र ४८ रनमा सीमित गर्दै सुदूरपश्चिमले फराकिलो अन्तरको जीत निकालेको हो ।

गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । सूदुरपश्चिमका सुनिता लोहारले दुई विकेट लिइन् । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय सात रन बनाएको थियो ।

रेवती धामीले सर्वाधिक २७ तथा विन्दु रावलले १३ र मञ्जु बोगटीले १० रन बनाइन् । गण्डकीका बलरले सुदूरपश्चिमलाई ३२ अतिरिक्त रन दिएका थिए । श्रृष्टि पौडेल र अलिशा लामिछानेले तीनतीन विकेट लिए ।

दोस्रो खेलमा प्रदेश एकले बाग्मतीलाई ४६ रनले हराएको छ । १ सय ७ रनको लक्ष्य पाएको बाग्मतीलाई २० बलअघि नै मात्र ६० रनमा सिमित गर्दै प्रदेश १ ले विजयी शुरुवात गरेको हो ।

बाग्मतीकी कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाग्मतीलाई सस्तैमा रोक्ने क्रममा प्रदेश एककी निङ्मा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिइन् ।
टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनायो । कप्तान रुविना क्षेत्री बेलबासेले ५५ रनको योगदान दिइन् । बलिङतर्फ बागमतिकी आरती बिडारीले २ विकेट लिइन् ।

प्रतियोगितामा भोली प्रदेश एक र सुदुरपश्चिम तथा बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा समुह ए का खेल हिजो सकिएपछि आजबाट समुह बी का खेल शुरु भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्