खेलकूद

लेष्टर सिटी इंग्लिस प्रिमियर लीगको दोस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ पुष १४ गते ७:३८
लेष्टर सिटी इंग्लिस प्रिमियर लीगको दोस्रो स्थानमा उक्लियो

१४ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति क्रिष्टल प्यालेससँग १–१ को बराबरीमा रोकिए पनि लेष्टर दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा क्रिष्टलले ५८औं मिनेटमै विलफ्रेड जाहाको गोलसँगै अग्रता बनाएको थियो । तर ८३औं मिनेटमा लेष्टरका हार्भी बार्नेसले गोल गर्दै खेल १–१ को बराबरी गरे ।

त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन । बराबरीपछि लेष्टरले १६ खेलबाट २९ अंक जोड्दा क्रिष्टल प्यालेस १४ खेलबाट १९ अंकका साथ १३औं स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गत नै अर्को खेलमा चेल्सी र एष्टन भिल्लाले पनि १–१ गोलको बराबरी खेलेका छन् । घरेलु मैदानमा चेल्सीका लागि ३४ औं मिनेटमा ओलिभर जिरुडले गोल गरेका थिए ।

एष्टन भिल्लाका तर्फबाट अनवर एल गाजीले ५० औं मिनेटमा गोल गरे । त्यसपछि बाँकी समयमा थप कुनै गोल नहुँदा दुबैले अंक बाँडे । बराबरी पश्चात एष्टन भिल्ला १४ खेलबाट २६ अंकसहित पाँचौ र चेल्सी १६ खेलबाट २६ अंकसहित छैठौं स्थानमा उक्लिएका छन् ।

लीग अन्तर्गत नै एभर्टन र म्यानचेष्टर सिटीबीचको खेल कोरोना संक्रमणका कारण स्थगित भएको छ । सिटीका एकजना खेलाडीमा संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्