Main News

सरकार र उखु किसानबीच चारबुँदे सहमति, किसान आन्दोलन तीन साताका लागि स्थगित (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १८:४०
सरकार र उखु किसानबीच चारबुँदे सहमति, किसान आन्दोलन तीन साताका लागि स्थगित (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । सरकारसँग चार बुँदे सहमति भएपछि दुई हप्तादेखि आन्दोलनरत उखु किसानले तीन हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसानबीच आज भएको वार्तामा चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई चार महिनाभित्र प्रतिवेदन पेस गर्ने पनि सम्झौता भएको छ।

चिनी उद्योगीले भुक्तानी नदिएपछि उखु किसानले १६ दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका थिए।

यसअघि सरकारले पटक पटक सम्झौता गरे पनि रकम नपाएपछि किसान काठमाडौं आएका हुन् । आन्दोलन शुरु भएपछि कतिपय उद्योगले भुक्तानी दिन थालेका छन् ।

चिनी उद्योगीले ९० करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको किसानको भनाइ छ । उता सरकारले ६५ करोड रुपैयाँ मात्र बाँकी रहेको बताएको छ ।

उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *