Main News

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १७:४७
प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गरेको मन्त्रिपरिषद विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि सरकार काम चलाउ भएकाले प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने भन्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गर्नुभएको हो । रिटमा प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गरिएको छ ।

संविधानको धारा ७७ (१) मा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था अनुसार अहिलेको सरकार कामचलाउ मात्रै भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रिटमा जिकिर गरिएको छ ।

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार पाएका प्रधानमन्त्री र संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्य भएका राष्ट्रपति गम्भीर रूपमा चुकेको पनि रिटमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन भएको भन्दै विस्तारित मन्त्रिपरिषद् बदर गर्न आदेश जारी गर्न माग गरिएको छ । रिटको पेसी पुस १५ गतेका लागि तोकिएको छ । प्रधानमन्त्री ओलीले सुक्रबार मन्त्रीपरिषद विस्तार गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *