यी हुन् धेरै अक्सिजन दिने वनस्पति, जसलाई कोठामै राख्न सकिन्छ

हिमालय टिभी
२०७७ पुष १३ गते १७:०७
यी हुन् धेरै अक्सिजन दिने वनस्पति, जसलाई कोठामै राख्न सकिन्छ

अक्सिजन जिवजन्तुलाई जिवित रहनका लागि नभई नहुने तत्व हो । अक्सिजन उत्पादन गर्ने र हावा शुद्ध गर्ने अनेकौं प्रविधिको विकास भइसकेको छ । तर, प्राकृतिक रुपमा अक्सिजन दिने बोटविरुद्धका अगाडी ती प्रविधिहरु कम प्रभावकारी हुन्छ भन्नेमा कुनै शंका छैन । यहाँ तपाईँलाई अक्सिजनको मात्रा बृद्धि गर्ने अर्थात धेरै अक्सिजन दिने पाँच वटा बोटविरुवाको बारेमा जानकारी दिँदैछौं ।

५. एरेका पाल्म

एरेका पाल्म नामक यो बनस्पतिको विषेशता नै हो, कारवनडाई अक्साइड खपत गरेर अक्सिजन उत्पादन गर्ने । यसले कारबनडाई अक्साइडमात्र होइन, वायुमण्डलमा रहेका फर्मलडेहाइड, जाइलिन र टोलेन जस्ता रसायनिक तत्वहरु पनि खपत गरेर वायुमण्डललाई शुद्धिकरण गर्छ ।
यो बनस्पति थोरै प्रकाशमा पनि जिवित रहन सक्छ । मानिसको बैठक कोठामा राख्न सकिने यसलाई सातामा एक पटक पानी हाले पनि जिवित रहन सक्छ ।

४. स्नेक प्लान्ट

स्नेक प्लान्ट विषेश छ । अरु विरुवाले दिउँसोको समयमा अक्सिजन उत्पादन गर्छन् । रातको समयमा पनि अक्सिजन उत्पादन गर्ने भएकाले यो अरुभन्दा विषेश छ । यसले हावामा रहेका बेन्जिन, फर्मलडेहाइड, ट्रिकोलोरिन्थाइलिन, जाइलिन र टोलेन जस्ता विषदीहरु शुद्धिकरण गर्ने काम गर्छ ।
यसलाई बैठक कोठाको झ्यालमा राख्न सकिन्छ । यस्तै बन्द कोठामा पनि यसले अक्सिजन उत्पादन गर्न सक्ने भएकाले मानिसले ताजा हावाका लागि संघर्ष गर्नु पर्दैन । यसलाई सुत्ने कोठामा राख्दा सबैभन्दा उत्तम मानिन्छ ।

३. मनी प्लान्ट

मनी प्लान्ट सबैभन्दा बढी घरमा रोपिने विरुवा हो । अमेरिकी वैज्ञानिक संस्था नासाले उत्पादन गरेको यो विरुवाले हावामा रहेका रसायन शुद्धिकरण गर्दछ । यसले बेन्जिन, फर्मलडेहाइड, जाइलिन र टोलेन जस्ता रसायन खपत गरेर अक्सिजन उत्पादन गर्छ । तर, कुकुर, विराला जस्ता घरपालुवा जनावर र बालबच्चाले यसको पात खाएमा विरामी पर्न सक्छन् । एउटा मानिसका लागि १८ इन्च लामो मनी प्लान्टको बोट भएमा श्वास फेर्न सहज हुन्छ ।
यसलाई जुनसुकै कोठामा राख्न सकिन्छ । तर, घरपालुवा जनावर र बालबालिकाको पहुँचबाट टाढा राख्नु पर्छ ।

२. गरबेरा डेइजी

यो बोटमा सुन्दर फूल फुल्छ । यसले पनि रातको समयमा उच्च परिमाणमा अक्सिजन उत्पादन गर्ने गर्दछ । यो बोटले अशुद्ध हावा शुद्धिकरण गर्ने काम गर्छ । श्वासप्रश्वास सम्बन्धि समस्या भएका मानिस र रातमा ऐठन पर्ने समस्या छ भने गरबेरा डेइजी कोठामा राख्नुस्, तपाईले धेरै राहत महसुस गर्नुहुनेछ ।
यो बनस्पतिलाई प्रशस्त पानी चाहिन्छ । यसलाई सुत्ने कोठामा राख्दा सबैभन्दा उपयुक्त मानिन्छ ।

१. चाइनिज इभरग्रिन्स

यो बोटले पनि हावामा रहेका अशुद्ध तत्वहरु सोसेर अक्सिजन उत्पादन गर्ने काम गर्छ । यसले पनि फर्मलडेहाइड, ट्रिकोलोरिन्थाइलिन, जाइलिन र टोलेन जस्ता हानिकारक विषादी शुद्धिकरण गर्छ । यसलाई बैठक कोठामा राख्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *