खेलकूद

चोटग्रस्त विक्रम र विमललाई एन्फाको सहयोग, कतारमा उपचार गराइने

हिमालय टिभी
२०७७ पुष १३ गते १४:१५
चोटग्रस्त विक्रम र विमललाई एन्फाको सहयोग, कतारमा उपचार गराइने

१३ पुस २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले राष्ट्रिय फूटबल टिमका सदस्यद्वय विक्रम लामा र विमल घर्तीमगरको उपचारमा सहयोग गर्ने भएको छ ।

दुबै जना खेलाडी अहिले इन्ज्युरीका कारण मैदान बाहिर रहन बाध्य छन् । एन्फाले कतार फूटबल संघलाई खेलाडी उपचारमा सहयोग गर्नका लागि आग्रह गरेको छ ।

कतारले नेपालको आग्रहलाई स्वीकार गर्दै एस्पेटार अस्पतालमा उपचार गरिदिने भएको हो । यो अस्पताल अर्थोपेडिक र खेलकूदसम्बन्धी इन्ज्युरीको उपचारका लागि प्रख्यात छ ।

सन् २०१८ मा बुढासुब्बा गोल्डकप खेल्दा विक्रम लामाको खुट्टा भाँचिएको थियो । त्यसपछि उनको उपचार ग्राण्डी अस्पतालमा भएको थियो । तर, पछिल्लो पटक उनको सो इन्ज्युरी बल्झिएको छ । विमल घर्तीमगर भने राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा गत साता घाइते भएका थिए ।

यो इन्ज्युरीका कारण दुबै खेलाडीले लामो समय मैदानबाहिर बिताउनु पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्