Main News

चिनियाँ टोली उच्चस्तरीय भेटघाटमा व्यस्त, प्रचण्ड र नेपालसँग छलफल

हिमालय टिभी
२०७७ पुष १३ गते १३:३१
चिनियाँ टोली उच्चस्तरीय भेटघाटमा व्यस्त, प्रचण्ड र नेपालसँग छलफल

१३ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली नेकपाका दुई समूहलाई एक बनाउने प्रयासमा भेटवार्तामा व्यस्त छ ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ ।

प्रचण्डलाई चिनियाँ टोलीले खुमलटार पुगेरै भेटेको हो भने नेपालसँग एक होटलमा भेटवार्ता भएको छ । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा छलफल भएको छ ।

भेटमा नेता गुओले सत्तारुढ नेकपामा आएको विभाजनको कारणका विषयमा जिज्ञासा राख्नुभएको छ । प्रचण्डसँग झण्डै दुई घण्टा र नेपालसँग झण्डै एक घण्टा भेटवार्ता भएको छ ।

प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन भएर राजनीतिक संकट बढेका बेला चिनियाँ उच्चस्तरी टोली नेकपाका दुई समूहलाई मिलाउने प्रयासमा आएको हो ।

अझै दुई दिन नेपालमा बस्ने चिनियाँ टोलीले नेकपा एकताको सम्भावना खोजी गर्नेछ । भ्रमणको नेतृत्व गरेर आएका गुओले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतामा पनि भूमिका खेल्नुभएको थियो ।

अहिलेको अवस्था थप तरल हुँदै गएर नेपालमा ‘इन्डो–अमेरिकन’ प्रभाव बढ्न सक्ने बेइजिङको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *