Political Hightlights

संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

हिमालय टिभी
२०७७ पुष १३ गते ७:१६
संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

१३ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशैभर आन्दोलन गर्ने भएको छ ।

पुस ९ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार आज देशभर सडक आन्दोलन गर्न लागेको हो ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने भएको हो ।

आजको प्रदर्शन निर्वाचन क्षेत्र केन्द्रीत भएकाले गाउँगाउँबाट कार्यकर्ता सडकमा उत्रने कांग्रेसले जनाएको छ । सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसले चरणवद्ध आन्दोलनको तयारी गरेको छ ।

सत्तारुढ नेकपाकै प्रचण्ड( माधव–नेपाल समूह पनि सडक आन्दोलनमा छ । उक्त समूहले भोलि राजधानीमा बृहत् आमसभा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्