खेलकूद

कोट्जरलाई आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड

हिमालय टिभी
२०७७ पुष १२ गते १७:१४
कोट्जरलाई आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड

१२ पुस २०७७ काठमाडौं । आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड स्कटल्याण्डका कप्तान काइल कोट्जरले जितेका छन्।

४५ दशमलव ५४ को औशतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार २७७ रन बनाएका कोट्जरलाई आईसीसीले दशकको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।

उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको मनोनयनमा नेपाली टोलीका पूर्वकप्तान पारस खड्का समेत परेका थिए । पारसले पछिल्लो एक दशकमा नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यतासँगै ट्वेन्टी ट्वेन्टी विश्वकमा पुर्याउन सर्वोत्कृष्ट प्रर्दशन र कप्तानी गरेका थिए । तर पारस स्कटल्याण्ड कोट्जरसँग पछि परे ।

पछिल्लो एक दशकमा स्कटल्यान्डबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका ३६ वर्षीय कोट्जरको कप्तानीमा सन् २०१८ मा स्कटल्यान्डले बलियो टोली इल्याण्डलाई हराएको थियो । उनले दुई वर्षअघि पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग ईपिएल खेलेका थिए ।

सन् २००८ मा स्कटल्याण्डको राष्ट्रिय टोलीमा डेब्यु गरेका कोट्जरले ५९ एकदिवसीयमा ४ शतक र १७ अर्धशतक सहित २ हजार ४०९ रन बनाएका छन्।

यस्तै ५८ ट्वेन्टी ट्वेन्टीमा ६ अर्धशतक सहित १ हजार३८६ रन बनाएका छन् । सन् २०१५ को एकदिवसीय विश्वकपमा बंगलादेशविरुद्ध उनले प्रहार गरेको १ सय ५६ रन एसोसीएट राष्ट्रको ब्याट्सम्यानले प्रहार गरेको सबै भन्दा उच्च रन समेत हो।

एसोसीएट राष्ट्रको उत्कृष्ट महिला खेलाडीको अवार्ड स्कटल्याण्डकै काथ्रिन ब्रिसले जितेकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्