Main News

थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ पुष १२ गते १६:५६
थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

१२ पुस २०७७ काठमाडौं । नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजनार ८ सय २८ नमुना परीक्षण गर्दा ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी कोरोना प्रभावित काठमाडौं उपत्यकामा २ सय ७९ जना संक्रमित थपिएका छन् । परीक्षणको संख्या घट्दै जाँदा कोरोना संक्रमण हुनेको संख्या पनि घट्दै गएको देखिन्छ ।

यस्तै, पछिल्लो पटक ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ जना रहेका छन् । हाल ६ हजार ४ सय ९३ सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *