खेलकूद

इंग्लिस प्रिमियर लीगमा एभर्टन, म्यानचेष्टर सिटी, एष्टन भिल्ला र आर्सनल विजयी

हिमालय टिभी
२०७७ पुष १२ गते ७:५६
इंग्लिस प्रिमियर लीगमा एभर्टन, म्यानचेष्टर सिटी, एष्टन भिल्ला र आर्सनल विजयी

१२ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टन, म्यानचेष्टर सिटी, एष्टन भिल्ला र आर्सनल विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत एभर्टनले रेलिगेशन जोनको सेफिल्ड युनाइटेडमाथि १–० को जित निकाल्यो । सेफिल्डको घरेलु मैदानमा एभर्टनको जितमा जिल्फी सिगुरडसनले गरेको एकमात्र गोल नै निर्णायक रह्यो ।

सिगुरडसनले ८०औं मिनेटमा गोल गरेका थिए । जितपछि एभर्टन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनले १५ खेलबाट २९ अंक जोड्दा १५ खेलबाट मात्र २ अंक रहेको सेफिल्ड तालिकाको पुछारमा रहेको छ ।

प्रिमियर लीगकै अर्को खेलमा म्यानचेष्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–० गोलले हरायो । घरेलु मैदानमा सिटीको जितमा १४औं मिनेटमा इल्के गुण्डोगान र ५५ औं मिनेटान फेरान टोरेसले गोल गरे ।

जितसँगै पाँचौ स्थानमा उक्लिएको सिटीले १४ खेलबाट २६ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा एष्टन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो ।जितपछि एष्टन १५ खेलबाट २५ अंकसहित छैठौं स्थानमा पुगेको छ ।

त्यस्तै आर्सनलले चेल्सीलाई ३–१ गोलले स्तब्ध बनायो । उता लेष्टर सिटी र म्यानचेष्टर युनाइटेडले २२ तथा फूलह्याम र साउथह्याम्टन गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्