Main News

५४३४ जनामा परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि, थप ३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष ११ गते १६:२५
५४३४ जनामा परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि, थप ३ जनाको मृत्यु

११ पुस २०७७ काठमाडौं । नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५७७०० पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ७४९ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा एकैदिन २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ५ सय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा २ सय ९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७९ पुगेको छ। जसमध्ये १२ हजार ६ सय ५ जना उपचारपछि निको भएका छन् भने ४ सय ६० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि ३ हजार १४ जना सक्रिय संक्रमित छन्।

५ हजार ४३४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१९ पुगेको छ ।

नेपालमा थप ८४० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४९१३२ पुगेको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।

देशभर हाल २ सय ७८ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २ सय २८ जना आइसीयु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *