लमजुङको सडकमा भेटिएका बाबुलाल बङ्गलादेशमा माछा बेचेर परिवार पाल्थे, कसरी आइपुगे नेपाल ?

– नारायण ढुङ्गाना/रासस
२०७७ पुष ११ गते १४:३०

लमजुङको सडकमा भेटिएका बाबुलाल बङ्गलादेशमा माछा बेचेर परिवार पाल्थे, कसरी आइपुगे नेपाल ?

नेपालको सडक पेटीमा बंगलादेशी

११ पुस २०७७ बंगलादेश । शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहनुभएको थियो ।

छोरा आएपछि उहाँले उठेर झुलभित्रैबाट स्पर्श गर्नुभयो । उहाँका आँखाले राम्ररी ठम्याउन सकिरहेको थिएन । सुमसुम्याउँदै आफ्नै भाषामा सोध्नुभयो । “बाबु यतीका वर्ष कहाँ हराएको ।” उहाँले बोलेको यही भावको बङ्गाली भाषा सजिलै बुझियो । एकै छिनमा वृद्ध आँखामा आँशु टिलपिलायो । भावुक देखिएका मोहम्मद बाबुल हुसेन (बाबुलाल)को मुखबाट बोली फुटेन । परिवारबीच एकछिन भावभङ्गीबाट वार्तालाप भयो ।

आमा मुसामद महिमा खातुनको अवस्था पनि उही थियो । छोरालाई लिन अगाडिको सडकसम्मै आउनुभएकी खातुन छोराको अनुहार सुम्सुम्याउँदै माया साट्नुभयो । चकमन्न रातमा मातृवात्सल्य प्रष्ट देखियो । पन्ध्र वर्षपछि छोरा भेट्दा उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । केही बोल्नै सक्नुभएन । परिवारले मृत्यु भयो भनेर आस मारिएका बाबुलाल १५ वर्षपछि घर भित्रिनु सामान्य कुरा थिएन । बाबुलाललाई उनीहरुले खोजखबर गर्न छाडिसकेका थिए । त्यस रात एकछिन पारिवारिक मिलनको क्षण रह्यो । शब्दविहीन भाव व्यक्त भइरह्यो । छरछिमेकी जम्मा हुन थाले । सबैका अनुहार मलिन, आश्चर्यचकित देखियो । वातावरण शून्य भएको थियो । लामखुट्टेका पँु…को आवाज मात्र सुनिन्थ्यो ।

एक छिनपछि परिवारले विगत स्मरण गर्न थाले । “(माता समस्या लागेइ (मानसिक रोग), अनेक चेष्टा गर्छे माँ, अनेक जग्गाजग्गा”, झण्डै ७० वर्षकी आमा मुसामद महिना खातुन उनको अवस्थाबारे सुनाउनुहुन्छ । श्रीमती अनुवार वेगमलाई भने श्रीमान् आउँछन् कि भन्ने झिनो आशा थियो । दाजुभाइकाअनुसार खातुन श्रीमान्कै प्रतिक्षामा हुनुहुन्थ्यो ।

बुबाआमा वृद्धवृद्धा भएकाले काम गर्न सक्ने अवस्थाको हुनुहुन्न । उहाँहरुलाई कान्छो छोरा (बाबुलालका भाइ) मोहम्मद साइदुल इस्लामको सहारा छ । इस्लामले चटपटे बेचेर कमाएको पैसाले घर व्यवहार चलाउनुहुन्छ । बङ्गलादेशको ढाकाबाट झण्डै २०० किलोमिटर पुर्व¬दक्षिणतर्फ पर्ने मोमेनसिङ जिल्ला चारहस्दिया ग्राममा रहेको घर अगाडि पानी जम्ने भएकाले बोरामा माटो भरेर फड्के बनाइएको छ । कुनामा एउटा सानो झुपडी छ । जस्ताको छानो, बाँसले बारेको कोठामा यत्रतत्र छिद्र परेको छ । भित्ता पत्रिकाले टाँसेर प्वाल टाल्ने प्रयास गरिएको देखिन्छ । छेउमा रहेको सन्नुसमा नै सम्पत्ति राख्ने महत्वपूर्ण साधन थियो । कटेरोको अर्काे छेउमा भाइ मोहम्मद साइदुल इस्लामको विस्तारा थियो । बीचमा छोराको गृहप्रवेशका लागि फुलका गुच्छार फलफलूल सजाएर राखिएको थियो ।

चार सन्तानमध्ये परिवारका माइला छोरा बाबुलालका छोरा अनार वेगम र छोरी फेरदोसी छन् । उनी हराउँदा छोरा काखमा थियो । बाबुलालका जेठा दाइ आमिनु इस्लाम घरको मिस्त्री काम गर्नुहुन्छ । छिमेकी महम्मद साइफूल इस्लाम बाबुलाल घरको सबै काम गर्ने परिवारकै इमान्दार र सोझो व्यक्ति हो भन्नुहुन्छ । मानसिक समस्या भएपछि हराएको भए पनि कसरी नेपाल पुग्यो त्यस कुरामा परिवार छक्क छन् । “आपको भलो गरे, सुक्रिया आफने, धन्नोबाद (धन्यवाद)”, बङ्गालीमा हिन्दी मिसाउँदै मानवीय कामको इस्लामले प्रशंसा गर्दै भन्नुभयो ।

पन्ध्र वर्षअघि विसं २०६२÷६३ ताक बाबुलालको दैनिकी माछा मार्ने अनि बजारमा लगेर बेच्ने थियो । त्यही पैसाले परिवार पालिन्थ्यो । सोही क्रममा उहाँमा मानसिक समस्या देखियो । गरिब परिवार भएकाले उपचारको बाटो खोज्ने प्रयास हुनै सकेन । उहाँमा रोग बल्झिँदै गयो । त्यही माछा मार्ने सिलसिलामा नै उहाँ घरबाट बिछोडिनुभएको थियो । माछा मार्न गएपछि घर नफर्केको परिवारका सदस्य सुनाउनुहुन्छ । घर पुग्नुअघि बिहीबार साँझ बङ्गलादेशका लागि नेपाली राजदुत डा वंशीधर मिश्रले राजदूतावासमै बाबुलाललाई लिन आएका परिवारका सदस्यको जिम्मा लगाउनुभएको थियो ।

राजदूत डा मिश्रले आफ्नै प्रयासमा घरसम्म पुग्ने यातायात खर्चको समेत जोहो गरिदिनुभएको थियो । ती परिवारलाई ढाकामा एक दिन बस्ने चाँजोपाँचोसमेत उहाँले मिलाइदिनुभयो । उहाँले बिदाइ गरेपछि पारिवारिक मिलनका लागि टोली ढाकाबाट झण्डै २०० किलोमिटर टाढा बाबुलालको घर जान निस्किएको हो । राजदूत डा मिश्रले फेरि त्यही अवस्थामा नफर्कनका लागि दूतावासबाट आवश्यक सहयोग रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “औषधिको प्रेस्क्रिप्सन मलाई दिनुहोला, आवश्यक औषधि उपलब्ध गराउनेदेखि अन्य आवश्यक सहयोग र समन्वय दूतावासबाट हुन्छ ।” उहाँले आश्रमले गरेको काम धेरै पहिलेदेखि नै जानकारीमा रहेको उल्लेख गर्दै पवित्र मानवीय कार्य गरेकामा धन्यवाद दिनुभयो ।

परिवारका हरेक सदस्यले मर्यो भनेको मान्छे घर फर्कियो यो भन्दा ठूलो अरु केही रहेन भन्दै पटकपटक मानव सेवा आश्रमको धन्यवाद भनिरहेका थिए । नेपाल र नेपालीको प्रशंसा गर्न चुकेका थिएनन् । उनीहरु मात्रै होइन हरेक बङ्गलादेशी यो कुरा सुनेर भावुक हुन्थ्ये । पारिवारिक पुनःमिलान गराउने आश्रमको टोलीलाई ठूलो सम्मानपूर्वक हेर्थे र आदर गर्थे । बङ्गलादेशका सञ्चारमाध्यम तथा यूट्युबमा समेत खबर प्रवाहित भएका छन् । सामाजिक सञ्जालका स्टासस र कमेन्टमा नेपाल र नेपालीको प्रशंसा भएको देखिन्छ । ‘लङ लाइफ नेपाल¬–बङ्गलादेश रिलेसन’ भनेर सामाजिक सञ्जालमा लेखिएका छन् ।

आश्रमका सदस्य दिवेश गुप्ता फोन र सामाजिक सञ्जालमा बङ्गलादेशबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अझै मानवीय कार्य गर्न हौसला मिलेको बताउनुहुन्छ । स्थानीय नागरिकले फोन गरेरै धन्यवाद भनिरहेका छन् भने । मानवीय कार्यप्रति चासो राखिरहेका छन् । यसअघि बिहीबार बिहान २ बजे चितवनको सडकबाट उद्धार गरिएकी मोमिना बेगम (गीता मानव) लाई परिवारमा पुनःमिलन गराइएको थियो । उहाँहरुको घर विपरीत दिशामा झण्डै ५०० किलोमिटरको दूरीमा पर्छ । त्यसैले पहिलो दिन गीतालाई बङ्गलादेशको गाइबन्दस्थित पलासबारीमा र दोस्रो दिन बाबुलालाई मेमोसिङ जिल्लाको चारहस्दियामा पारिवारिक मिलन गराइएको गुप्ताले बताउनुभयो ।

यसरी फेला परेको थियो
उहाँलाई विसं २०७२ मा लमजुङको सडकपेटीबाट फेला पारिएको थियो । लामालामा जिङरिङ्ग कपाल भएका मनोरोगी बाबुलालको शरीरभरि चोटपटक लागेको थियो । अभिभावक किसान सङ्गीत नेपालीसहित आश्रमका स्वयंसेवीले उहाँलाई उद्धार गरेको थियो । त्यो बेला उहाँलाई एम्बुलेन्समा राखेर चितवनको आश्रम पठाएको थियो ।

बाबुलाललाई घरमा पुनःमिलन गराउन आएकी आश्रमकी सचिव शुसीला केसी उहाँलाई चितवन ल्याउनेबित्तिकै अस्पताल लगेर औषधि चलाइएको सुनाउनुहुन्छ । डेढ वर्ष चितवनमा राखेर उपचार गरेपछि उहाँलाई मुख्य कार्यालय हेटौँडामा स्थानान्तरण गरिएको थियो । त्यसपछि उहाँको अवस्था समान्य बन्दै गयो । उहाँको वास्तविक नाम मोहम्मद बाबुल हुसेन हो तर आश्रमले बाबुलाल नाम राखेको छ ।

ठिक हुँदै गए पनि बाबुलालले काम सघाउन थाल्नुभयो । आश्रमका अन्य बेसहाराको सहयोगमा जुट्नुभयो । केहीपछि कुरा खुल्दै आयो र घर बङ्गलादेश भएको बताउनुभयो । नेपालस्थित बङ्गलादेशी राजदूतावासको पहलमा घर पहिचान भएको हो । दूतावासका कन्सुलर मसुद आलमले घरसम्म पुग्ने कामको समन्वय गर्नुभएको

मोमेनसिङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs