Main News

विभिन्न ३२ वटा सामाजिक तथा नागरिक संस्थाद्वारा संसद विघटनको विरोध

हिमालय टिभी
२०७७ पुष ११ गते १३:२४
विभिन्न ३२ वटा सामाजिक तथा नागरिक संस्थाद्वारा संसद विघटनको विरोध

११ पुस २०७७ काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघसंस्थाहरुले संसद विघटनको विरोध गरेका छन् ।

शनिबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् ।

असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको भन्दै उनीहरुले यस्ता खालका हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

साथै संसद विघटनपछि आम नागरिक र दलहरुबीच दूरी बढ्न गई राजनीतिक अस्थिरता आउनसक्ने भन्दै संघसंस्थाले तत्काल दलहरुबीच सार्थक वार्ता गर्नुका साथै संविधानको जगमा उभिएर निकास खोज्न आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्ने संघसंस्थाहरुमा ईन्हुरेड इन्टरनेशन, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, मानव अधिकारकर्मी, जवाफदेहिता निगरानी समिति नेपाल, सूचनाको हकको लागि नागरिक अभियान, फ्रिडम फोरमलगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *