११ पुस २०७७ काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो। संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ।
६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते विघटन भएको छ ।