राजनीति

….जब तीन पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्रीविरुद्ध नारा लगाए (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते ६:१५
….जब तीन पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्रीविरुद्ध नारा लगाए (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं । विभिन्र राजनीतिक कालखण्डमा शासकविरोधी आवाज घन्काउन होस् वा व्यक्तिगत वा संस्थागत मुद्दा उठाउन । माइतीघर सबैको साझा थलो बनिरहेको छ ।

असन्तुष्टि पोखिने यो ठाउँलाई शासकले आफू अनुकूल पनि प्रयोग गर्छन् । तर आज माइतीघरमा विरलै हुने दृष्य देखिएको छ । सरकारकै नेतृत्व गरेको दलका शिर्षस्थ नेता प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै माइतीघरमा भेला भए । र, तीनजना पूर्वप्रधानमन्त्री सडकमा धर्ना बसे ।

यो माइतीघर मण्डला । यहाँ हरेक दिनजसो कुनै न कुनै समूह आफ्ना माग राखेर विरोधमा उत्रन्छन् ।

कहिले उखु किसान त कहिले गुठियार । कहिले राजावादी त कहिले प्रतिपक्षी दल । तर आज यहाँको दृश्य फरक थियो ।

किनकी सत्ताधारी दलका नेता नै सत्ताको विरोधमा माइतीघरमा भेला भए । र त्यो पनि कुनै भातृ संगठनका नेता होइन । देश नै हाँकिसकेका तीनतीन जना पूर्वप्रधानमन्त्रीहरु माइतीघरमा यसरी धर्ना बसे ।

गएको १३ दिनदेखि चिसो भुइँमा घण्टौं भोकै प्यासै सरकार खोजिरहेका उखु किसानलाई नदेखेका उनीहरु आज आफैं न्याय खोजिरहेका छन् । भुँईमा थचक्कै बसेको यो बटालियनको पहिलो घेरामा पूर्वप्रधानमन्त्री एवम् विभाजित नेकपाका एक अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल हुनुहुन्छ ।

दोस्रो घेरमा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ । छेउछाउमा सुरक्षाकर्मी अनि अन्या नेता सांसदको ठूलो जत्था ।

प्रतिनिधिसभा विघटन भएपछि त्यसलाई ब्युउँताउन भन्दै उहाँहरु सडकमा आउनुभएको हो । र संसद जिवितै रहेको र आफूहरु पनि जिवितै रहेको भन्दै उहाँहरुले छातिमै हामी यहाँ छौँ भन्ने लेखेर सरकारलाई त्यो देखाउन खोज्नुभएको छ ।

सत्तारुढ नेकपाभित्रको विवाद बढ्दै जाँदा प्रतिनिधिसभा विघटनसम्मको स्थिति आयो । पद र शक्तिको लोभमा नेताहरुले संसद र संविधानमाथि ठूलो खेलबाड गरेका छन् । नेकपाको घर झगडाले सिंगो मुलुक पुनः एकपटक अस्थिरताको भुमरिमा फसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्