कोरोनाका कारण बन्द चालक अनुमतिपत्रको परीक्षा खुल्यो

Himalaya Television
२०७७ पुष १० गते १८:३८

कोरोनाका कारण बन्द चालक अनुमतिपत्रको परीक्षा खुल्यो

१० पुस २०७७ काठमाडौं । कोरोना संंक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षा मंगलबारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ला हुने जनाएको हो ।

विभागले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड परिपालना गर्दै अनलाइनबाट फाराम बुझाउन सकिने व्यवस्था गरेको जनाएको छ ।

कोरोना संक्रमण फैलँदै गएपछि सरकारले चैतदेखि परीक्षा फाराम लिन नै बन्द गरेको थियो ।

यसअघि सवारीचालक र सवारीसाधन नवीकरण लगायतका काम जारी राखिए पनि सवारी चालक अनुमति पत्रको परीक्षा भने खुलाइएको थिएन् । यातायात व्यवस्था कार्यालय सेवाग्राहीको धेरै भीडभाड हुने प्रमुख कार्यालयमा पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs