Political Hightlights

ओली गणतन्त्र र संघीयता विरोधी हुन्ः अध्यक्ष नेपाल

हिमालय टिभी
२०७७ पुष १० गते १८:१३
ओली गणतन्त्र र संघीयता विरोधी हुन्ः अध्यक्ष नेपाल

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको बताउनुभएको छ ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघीयतालगायतका राजनीतिक परिवर्तनविरोधी भएको बताउनुभएको हो ।

ओली कम्युनिष्ट विचार, आचरणबाट विचलन र पतनको बाटोमा हिँडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याइदिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाइ छ ।

ओलीले कुनै पनि समस्याहरुको सहज अवतरण नचाहने नेपालको भनाइ छ । उहाँले अध्यक्ष प्रचण्डसँग कम्युनिष्ट आन्दोलन, विचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताउनुभयो । आगामी दिनमा आपसी विश्वास राख्दै विगतका कमीकमजोरी सुधार्दै अघि बढ्ने समेत बताउनुभयो ।

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफुहरुको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पत्ति आफुहरुको हुने दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्