आर्थिक

अनुदान पाएपछि वीरगञ्जमा कन्ये च्याउप्रति किसानको यस्तो आकर्षण (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते १६:२८
अनुदान पाएपछि वीरगञ्जमा कन्ये च्याउप्रति किसानको यस्तो आकर्षण (भिडियोसहित)

१० पुस २०७७ पर्सा । पर्साका किसान कन्ये च्याउ खेतीमा आकर्षित भएका छन् । वीरगञ्ज महानगरपालिकाले अनुदानमा बिउ दिएपछि किसानले च्याउ खेती थालेका हुन् ।

छिटोछरितो र राम्रो आम्दानी गर्न सकिने देखिएपछि पर्साका किसानले च्याउ खेती गर्न थालेका हुन् । पर्सामा च्याउको माग कम भए पनि अन्य शहरी क्षेत्रमा यसको माग बढी छ । तर पनि यहाँ माग अनुसार उत्पादन हुन सकेको छैन ।

किसानले च्याउको बजार राम्रो देखेका छन् । त्यसैले यसअघि लिएको तालिम र अनुभवका आधारमा किसानले खेती थालेका छन् ।

गत वर्ष वीरगञ्ज महानगरपालिकाले किसानलाई च्याउ खेतीसम्बन्धी तालिम दिएको थियो । यो वर्ष भने च्याउ खेतीका लागि वीरगञ्ज महानगरपालिकाले २ लाख रूपैयाँ छुट्याएको छ ।

वीरगञ्ज महानगरपालिकाले यो वर्ष च्याउ खेती गर्न चाहने महिला, किसानका लागि एक हजार ८ सय पोका च्याउको बीउ अनुदानमा दिएको छ ।

कृषि क्षेत्रमा उत्पादक र उपभोक्ता मारमा पर्ने र बिचौलिया हाबी हुने क्रम चलिरहेको छ । अब सरकारी प्रयासबाटै किसान र उपभोक्ता जोडिने गरी काम गरे राम्रो हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *