Main News

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी, बारसँग एमिकस क्युरी माग

हिमालय टिभी
२०७७ पुष १० गते १४:५०
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी, बारसँग एमिकस क्युरी माग

१० पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयसँग स लिखित जवाफ माग गरेको हो ।

संसद विघटनबिरुद्ध परेको एक दर्जनभन्दा बढी रिटमाथि एकसाथ सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले संसद् विघटन गर्नुको कारण पेस गर्न राष्ट्रपतिको कार्यालयलाई लेखी पठाउने र मन्त्रिपरिषद्को निर्णयको कपीसमेत मगाएको छ। संवैधानिक इजलासले यो मुद्दालाई अग्राधिकारमा राखेको छ ।

यही मुद्दामा थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट एमिकस क्युरी मगाउने भएको छ। दुवै बारबाट तीनतीन जनाको एमिकस क्युरी मगाउने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जना न्यायाधीशको संवैधानिक इजलासले एमिकस क्यूरी मगाउने आदेश जारी गरेको हो।
प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास तोकिएको थियो ।

बहसका क्रममा अधिवक्ताहरुले अन्तरिम आदेश दिन आग्रह गरे पनि इजलासले अन्तरिम आदेशका लागि लामो बहस आवश्यक हुने भन्दै अस्वीकार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *