Main News

इसाई धर्मावलम्बीहरु आज क्रिसमस पर्व मनाउँदै

हिमालय टिभी
२०७७ पुष १० गते १३:४८
इसाई धर्मावलम्बीहरु आज क्रिसमस पर्व मनाउँदै

१० पुस २०७७ काठमाडौं । इसाई धर्मावलम्बीहरुले आज क्रिसमस पर्व मनाउँदै छन् ।

पछिल्लो समय नेपालमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढीरहेको छ । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको मानिन्छ ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।

हाल नेपालमा १३ हजार हाराहारी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घ सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।

तर, यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले सावधानी अपनाउन महासंघले आह्वान गरेको छ । क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा अघिल्ला वर्षकहरूको जस्तो यस पटक रौनक छैन । महामारीका कारण यस पटक जमघट कम छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमसको अवसरमा शुभकामना सन्देश दिंदै धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *