Main News

कोरोनाबाट मृत्यु भएकाको फरक-फरक तथ्यांक, कहिले ल्याउँछ सरकारले सत्य आंकडा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते ६:४०
कोरोनाबाट मृत्यु भएकाको फरक-फरक तथ्यांक,  कहिले ल्याउँछ सरकारले सत्य आंकडा ? (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । कोरोना संक्रणका कारण विश्वमा लाखौं मानिसको मृत्यु भैसकेको छ । नेपालमा पनि मृतकको संख्या दिनदिनै बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले १० महिनादेखि दिनदिनै तथ्यांक सार्वजनिक गरिरहेको छ । तर कोरोनाका कारण मृत्यु भएकाको यकिन तथ्याकं भने अहिलेसम्म बाहिर आउन सकेको छैन । सरकारी निकायबीचकै फरक फरक तथ्यांकले अन्योल बढेको छ ।

२०७७ जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दियो । त्यसयता नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शब व्यवस्थापन गर्दै आएको छ ।

मंगलबारसम्म कोरोना संक्रमणबाट मृत्यु भएका २७ सय ५१ जनाको अन्त्येष्टि गरिसकेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाले विभिन्न निकायसँग समन्वय गर्दै शव व्यवस्थापनको काम गरिरहेको छ । नेपाली सेनाको शव व्यवस्थापनको संख्यासँग स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक भने मेल खाँदैन ।

मन्त्रालयको विवरण अनुसार अहिलेसम्म १८ सय भन्दा केही बढीको मात्रै कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेना र स्वास्थ्य मन्त्रालयको तथ्याँक किन मिलेन त रु मन्त्रालयको तर्क यस्तो छ ।

सेना र सरकारले सार्वजनिक गरेको मृतकको तथ्यांक फरक परेपछि स्वास्थ्य मन्त्रालयले सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा छानविन समिति नै गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन बुझाई सकेको छ ।

तर कहाँ त्रुटि भयो भन्ने सार्वजनिक गरिएको छैन । सरकारले मृतकको तथ्यांक लुकाइरहेको आरोप लागेको थियो । नेपाली सेनाको विवरणले यो आरोपलाई पुष्टि गरेको छ । तर सरकारले तथ्यांक मिलानमा भने अझै ध्यान दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *