Political Hightlights

नेकपाका दुवै पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्दै

हिमालय टिभी
२०७७ पुष ९ गते ९:१४
नेकपाका दुवै पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्दै

९ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष रणनीतिक छलफलमा जुटेका छन् ।

केपी शर्मा ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ओली पक्षको केन्द्रीय कमिटी बैठक बिहान ९ बजे बालुवाटारमा बोलाएको छ ।

बैठकमा चुनावी रणनीतिका विषयमा छलपल हुनेछ । ओलीपछिको बरियता को भन्ने विषयमा पनि टुङगो लाग्नेछ । गृहमन्त्री रामबहादुर थापाले ओलीकै पक्ष लाग्ने सहमति जनाइसक्नु भएको छ ।

प्रचण्ड–नेपाल पक्षको बैठक भने साढे ११ बजे बबरमहलमा बस्नेछ ।

यस्तै, प्रचण्ड–नेपाल पक्षको आजको केन्द्रीय कमिटी बैठकले महासचिव पदको टुङ्गो लगाउने भएको छ । प्रचण्ड–नेपाल समूहमा महासचिवका लागि सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा आकाङ्क्षी देखिएका छन् ।

नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले केन्द्रीय पदाधिकारी चयन र संगठन विस्तारलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्