खेलकूद

म्यानचेष्टर युनाइटेड र टोटेनह्याम काराबाओ कपको अन्तिम चारमा

हिमालय टिभी
२०७७ पुष ९ गते ७:१९
म्यानचेष्टर युनाइटेड र टोटेनह्याम काराबाओ कपको अन्तिम चारमा

९ पुस २०७७ काठमाडौं । म्यानचेष्टर युनाइटेड र टोटेनह्याम काराबाओ कप फूटबलको अन्तिम चारमा प्रवेश गरेका छन् ।

म्यानचेष्टर युनाइटेडले एभर्टनमाथि २–० गोलको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनायो । अवे मैदानमा भएको खेलमा युनाइटेडका लागि अन्तिम समयमा इडिन्सन काभानी र एन्थोनी मार्शलले गोल गरेका थिए ।

काभानीले ८८ औं मिनेटमा र इञ्जुरी समयको छैठौं अर्थात ९६ औं मिनेटमा मार्शलले गोल गरेका थिए । फाइनल प्रवेशका लागि अब म्यानचेष्टर युनाइटेडले साविक विजेता म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्को खेलमा स्टोक सिटीलाई ३–१ गोलले स्तब्ध पार्दै टोटेनह्याम पनि अन्तिम चारमा पुगेको छ । सिटीको घरेलु मैदानमा ग्यारेथ बेलको गोलसँगै टोटेनह्यामले अग्रता बनाएको थियो । तर ५३ औं मिनेटमा सिटीका जोर्डन थोम्पसनले गोल गर्दै खेल १(१ को बराबरी गरे ।

त्यसपछि भने टोटेनह्यामले लगातार दुई गोल थप्न सफल रह्यो । ७०औं मिनेटमा बेन डाभिस र ८१ औं मिनेटमा ह्यारी केनले गोल गरेसँगै टोटेनह्याम ३–१ ले विजयी भएको हो ।

अब टोटेनह्यामले सेमिफाइनलमा ब्रेन्थफोर्डको सामना गर्नेछ । यसअघि आर्सनलमाथि ४–१ को जित निकाल्दै म्यानचेष्टर सिटी र न्यूक्यासल युनाइटेडलाई १० ले स्तब्ध बनाउँदै ब्रेन्टफोर्डले सेमिफाइनलमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्