Political Hightlights

कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की, सरकारविरुद्ध आन्दोलनका विषयमा मतभेद (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते १९:२३
कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की, सरकारविरुद्ध आन्दोलनका विषयमा मतभेद (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै चर्काचर्की परेको छ । केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि पौडेलले आजै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्नेमा जोड दिएपछि देउवाले अस्वीकार गरेको बुझिएको छ । तर, सभापति देउवाले नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न अस्वीकार गरेको एक नेताले जानकारी दिएका छन ।

देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेल चर्को प्रतिवाद गर्नुभएको थियो । पौडेल देउवामाथि जंगिएपछि देउवा पक्षीय नेताहरु पौडेलमाथि खनिएका थिए ।

जवाफमा पौडेल पक्षका केन्द्रीय सदस्य पनि प्रतिवादमा उत्रिएका एक नेताले बताएका छन । पार्टी कहिले फुट्छ ? निर्वाचन आयोगको निर्णय कहिले आउँछ भनेर कांग्रेस कुरेर बस्ने ? भन्दै पौडेल देउवाप्रति आक्रामक बनेपछि सहमहामन्त्री प्रकाशरण महत र केन्द्रीय सदस्य शंकर भण्डारी सभापतिलाई किन हस्तक्षेप गरेको भन्दै बचाउमा उत्रिनुभएको थियो ।

त्यसपछि केन्द्रीय सदस्य गुरु घिमिरेले पौडेलले सही कुरा गरेको भन्दै बचाउ गर्नुभएको थियो । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटनका विषयमा कांग्रेस एक रहेको र आज पनि केन्द्रीयहरुले विरोधमै धारणा राखेको बताउनुभयो ।

देउवाले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र पार्टीलाई आन्दोलनमा लैजानबाट रोक्नका लागि सभापति देउवाले पार्टीको बैठक समेत लम्बाउन चाहेको पौडेल पक्षको आरोप छ ।

त्यही बुझेर नै पौडेलले आज तत्काल विरोधका कार्यक्रम घोषणा गर्न माग गरेको दावी गरिएको छ । बैठकमा बोल्ने क्रममा नेताहरुबीच चुनावमा जाने कि आन्दोलनमा भन्ने सम्मको बहस भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्