Political Hightlights

ओली सरकार काम चलाउ भइसक्योः पूर्वसभामुख ढुंगाना (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते १९:१७
ओली सरकार काम चलाउ भइसक्योः पूर्वसभामुख ढुंगाना (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको बताउनुभएको छ ।

महान्यायधीवक्ताको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वसभामुख ढुंगानाले संसद विघटन भएको घोषणा गरेलगत्तै वर्तमान सरकार काम चलाउ सरकारमा परिणत भइसकेको बताउनुभयो । तर अहिलेसम्म राष्ट्रपतिबाट काम चलाउ सरकार घोषणा नगरिएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो ।

संविधानमा सरकार बन्न नसकेको स्थितिमा मात्र प्रतिनिधिसभा विघटन हुने व्यवस्था रहेको भन्दै उहाँले अहिलेको प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा संविधानसंगत नभएको बताउनुभयो ।

संविधानको संरक्षकको भूमिका पाएको राष्ट्रपतिले संविधानमा नै नभएको काम गरेको उहाँको आरोप छ । तर न्यायालयबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा उहाँको विश्वास छ ।

अप्रत्यासित रुपमा भएको प्रतिनिधिसभा विघटनलाई लिएर अहिले चौतर्फि विरोध भइरहेको छ । सर्वोच्च अदालतमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्ने माग गर्दै एक दर्जनभन्दा बढी रिट परेका छन् ।

जसको सुनुवाई शुक्रबार संवैधानिक इजलासमा हुँदैछ । पूर्वसभामुख ढुंगानाले संवैधानिक इजलासमा पठाइएको यो विषय शीघ्र निरुपण हुनु पर्नेमा पनि जोड दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्