Main News

७४३ जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष ८ गते १६:२८
७४३ जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

८ पुस २०७७ काठमाडौं। नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५५९७९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

पछिल्लो समय ६ हजार ५ सय ५९ पीसीआर परीक्षण गर्दा ७४३ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०३ पुगेको छ । पछिल्लो समय ६ हजार ५ सय ५९ पीसीआर परीक्षण गर्दा ७४३ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा थप ९५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४६६६१ पुगेको छ।

हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल २ सय ९८ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २ सय ४८ जना आइसीयु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *