Main News

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित

हिमालय टिभी
२०७७ पुष ८ गते १३:४१
निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित

८ पुस २०७७ काठमाडौं । निर्वाचन आयोगले हिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मात्र थप नामावली संकलन गर्ने भएको छ ।

मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको हो । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको जानकारी दिनुभयो ।

अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा समावेश गर्पछि नयाँ नामावली संकलन हुने छ । यसअघि निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदाधिकारीहरुको नामावली पनि संकलन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *