खेलकूद

एउटै क्लबका लागि ६४४ गोल गरेर मेस्सीले तोडे पेलेको कीर्तिमान

हिमालय टिभी
२०७७ पुष ८ गते ६:४८
एउटै क्लबका लागि ६४४ गोल गरेर मेस्सीले तोडे पेलेको कीर्तिमान

८ पुस २०७७ काठमाडौं । अर्जेन्टिनाका फूटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

यसका साथै उनी कुनै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी मात्र बनेनन् सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पेलेभन्दा पनि अगाडि भएका छन् ।

मंगलबार रियल भालाडोलिडविरुद्धको खेलको दोस्रो हाफमा उनले आफ्नो ६४४ औं गोल गरेर ब्राजिलका खेलाडी पेलेको रेकर्ड तोडेका हुन् । यो प्रतियोगितामा बार्सिलोनाले ३–० गोलअन्तरले जितेको थियो।

शनिबार भ्यालेन्सियाविरुद्ध खेल्दै मेस्सीले गोल कीर्तिमानमा पेलेसँग बराबरी गरेका थिए । उक्त प्रतियोगिता २–२ गोलको बराबरीमा सकिएको थियो ।

३३ वर्षीय मेस्सीले आफ्नो करिअरको शुरुवातबाटै बार्सिलोनाका लागि खेलिरहेका छन् । उनले अहिलेसम्म ७४९ खेल खेलेका छन् । उनले औषतः हरेक १.१६ प्रतियोगितामा एक गोल गरेका छन् ।

यस्तै ब्राजिलका पेलेले सेन्टोसका लागि ७५७ प्रतियोगितामा भाग लिँदै ६४३ गोल गरेका थिए । सेन्टोस क्लबका लागि पेलेले सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्