Political Hightlights

संसद नभइ ओली सरकार विघटन भएको होः अध्यक्ष प्रचण्ड

हिमालय टिभी
२०७७ पुष ७ गते १७:०६
संसद नभइ ओली सरकार विघटन भएको होः अध्यक्ष प्रचण्ड

७ पुस २०७७ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद नभइ ओली सरकार विघटन भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले चाहँदैमा प्रतिनिधिसभा विघटन हुन नसक्ने जिकीर गर्नुभयो । उहाँले बैठकमा झण्डै दुइतिहाई केन्द्रीय सदस्य सहभागी भएको भन्दै यो नै आधिकारिक भएको बताउनुभयो ।

बालुवाटारमा बिहान भएको भेलामा एक तिहाइ मात्रै सहभागी भएको भन्दै उहाँले त्यहाँबाट तीन तिहाइ सदस्य थप्न मिल्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापालाई पनि बैठकमा सहभागी हुन प्रचण्डले आग्रह गर्नुभयो ।

दुबै नेतासँग भएको छलफल सकारात्मक रहेको भन्दै प्रचण्डले गौतम र थापा भोलिको बैठकमा आउने सम्भावना रहेको समेत उल्लेख गर्नुभयो ।

यसैबीच नेकपाका बहुमत केन्द्रीय सदस्यको बैठक अहिले बसिरहेको छ । काठमाडौंको बबरमहलस्थित कार्की बैंकटमा जारी बैठकमा नेकपाका ४ सय ४६ केन्द्रीय सदस्य मध्ये ३ सय १० जना सहभागी भएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ । प्रस्तावमा छलफल भएपछि भोलिसम्ममा निर्णय हुनसक्ने नेताहरुले बताएका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीले सचिवालयमा पेश गरेका दुई वटै प्रस्ताव पनि छलफलका लागि वितरण गरिएको छ ।

बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई उक्त पदमा लैजाने तयारी गरेको छ । बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटीले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गर्न लागिएको हो । छलफल भोलिसम्म लम्बिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्