खेलकूद

सागमा दोहोरो स्वर्ण पदक विजेता खेलाडी नगदसहित सम्मानित

हिमालय टिभी
२०७७ पुष ७ गते १६:४७
सागमा दोहोरो स्वर्ण पदक विजेता खेलाडी नगदसहित सम्मानित

७ पुस २०७७ काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई जनही नगद ५० हजार रुपैयाँसहित सम्मानित गरेको हो ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ, भारोत्तोलनका विकास थापा, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ रहेका छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ ।

सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ परेका छन् । यस्तै जुडोका धर्मकुमार श्रेष्ठ पनि सम्मानको सूचीमा अटाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्