Main News

७ हजारमा परीक्षण गर्दा ७२२ जनामा कोरोना पुष्टि, थप ३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष ७ गते १६:३३
७ हजारमा परीक्षण गर्दा ७२२ जनामा कोरोना पुष्टि, थप ३ जनाको मृत्यु

७ पुस २०७७ काठमाडौं । नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५५२३६ पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित छन्।

७ हजार जनामा पीसीआर परीक्षण गर्दा ७२२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा पीसीआर परीक्षण गरिएकाहरुको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।

काठमाडौ उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६० जना महिला र २०५ जना पुरुष सहित काठमाडौं उपत्यकामा मंगलबार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकाका संक्रमित मध्ये काठमाडौंका ३०० जना, भक्तपुरका २३ र ललितपुरका ४२ जना रहेका छन्। योसँगै काठमाडौं उपत्यकामा १ लाख १८ हजार ७८७ जना संक्रमित भएका छन्।

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।

नेपालमा थप ९६६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४५७०९ पुगेको छ । हाल ४ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *