Main News

आफू आधिकारिक भन्दै ओली समूहले पठायो निर्वाचन आयोगलाई पत्र

हिमालय टिभी
२०७७ पुष ७ गते १५:२६
आफू आधिकारिक भन्दै ओली समूहले पठायो निर्वाचन आयोगलाई पत्र

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको र आफूनै आधिकारिक भएको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ ।

तर केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय बनाएको थियो ।

बैठकपछि ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरु नै आधिकारिक भएको दावी गर्नुभयो । प्रचण्ड र नेपाल पक्ष अवैधानिक भएको र प्रचण्ड नेपाल पक्षको बैठक वैध नहुने ज्ञवालीको दावी छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका दुवै समूहले समानान्तर पार्टीको अभ्यास गरिरहेका छन् ।

तर औपचारिक घोषणा भने गरेका छैनन् । दुवै पक्षले आफूलाई आधिकारिक सावित गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *