Political Hightlights

अध्यक्ष ओलीद्वारा ११ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ७ गते १२:५०
अध्यक्ष ओलीद्वारा ११ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीको केपी शर्मा ओली पक्षले २०७८ साल मंसिर २ गते महाधिवेशन गर्ने घोषणा गरेको छ ।

ओलीको पक्षको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो । त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाइएको छ ।

४ सय ४६ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमा अल्पमतमा रहेका ओलीले आफू निकटको बैठक गरेर महाधिवेशनको मिति तय गर्नुभएको हो ।

तत्काल ५ सय ५६ जना थपेर बाँकी १ सय ९७ थप गर्न सक्नेगरी ओलीले महाधिवेशन आयोजक कमिटी बनाउनुभएको छ । आज थपिएकामध्ये केही बालुवाटारमा पद तथा गोपनीयताको सपथसमेत गराइएको छ ।

बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाएको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएको हो ।

ज्ञवालीलाई प्रवक्ता तोकिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि ओली पक्षले पार्टी विभाजनको घोषणा गर्न सक्ने आंकलन गरिएको थियो । तर केन्द्रीय कमिटी बैठकमा त्यस्तो प्रस्ताव पेश भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्