Main News

प्रचण्ड–नेपाली समूहले ओलीमाथि कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई गरायो

हिमालय टिभी
२०७७ पुष ६ गते १९:०३
प्रचण्ड–नेपाली समूहले ओलीमाथि कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई गरायो

६ पुस २०७७ काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको कारबाहीबारे निर्वाचन आयोगमा जानकारी गराएको छ ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीमाथि गरेको कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी दिएको हो । आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको थियो ।

यही निर्णय स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आज दिउँसो आयोग पुगेर जानकारी गराउनुएको हो । स्थायी कमिटीमा बहुमत सदस्यको उपस्थिति र त्यसले पार्टी अध्यक्ष ओलीमाथि कारबाही गर्ने गरी गरेको निर्णयको कपी बुझाएको पोखरेलले जानकारी दिनुभयो ।

ओलीको कदम देश र जनताको हित विपरित रहेको र ओलीले पार्टी अनुशासन उंल्लघन गरेको विषयमा आयोगलाई जानकारी गराएको पोखरेलले बताउनुभयो ।

आइतबारको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय कमिटीमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो। तर, ओली समूहले भने कसैले कारबाही गर्न नसक्ने बताएको छ । मंगलबार नेकपाको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *