Main News

राप्रपा अध्यक्ष राणाले भने–राष्ट्रपतिको भूमिकाले कोत पर्व स्मरण गरायो

हिमालय टिभी
२०७७ पुष ६ गते १६:५२
राप्रपा अध्यक्ष राणाले भने–राष्ट्रपतिको भूमिकाले कोत पर्व स्मरण गरायो

६ पुस, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधानविपरीतका कामहरु भएको बताउनुभयो । उहाँले राष्ट्रपतिले निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताउनुभयो ।

अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम अगाडी बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताउनुभये । उहाँले भन्नुभयो, ‘‘गैर संवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधानविपरीत संसदको मर्म र भावनाविपरीत, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो ।’’

राप्रपाले यसअघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सो घोषणा गर्नुभएको हो । उक्त कदमको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *