Main News

संसद विघटनविरुद्ध नेकपाका ८७ जना सांसद सर्वोच्च जाने तयारीमा

हिमालय टिभी
२०७७ पुष ६ गते १३:४५
संसद विघटनविरुद्ध नेकपाका ८७ जना सांसद सर्वोच्च जाने तयारीमा

६ पुस २०७७ काठमाडौं । असंवैधानिक रुपमा गरिएको संसद विघटनको निर्णयविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ जना सांसद सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसद सर्वोच्च जाने तयारी भएको छ । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु सरकारको यो कदमको विरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट र अन्य पार्टीको समेत बैठक चलिरहेको छ ।

यसैबीच अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले कानून व्यावसायीसँग पनि छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *