कोरोना सक्रिय सङ्क्रमित कम हुँदै

Himalaya Television
२०७७ पुष ५ गते १८:०६

कोरोना सक्रिय सङ्क्रमित कम हुँदै

५ पुस २०७७ काठमाडौं । हालसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दुई लाख ४३ हजार ६६४ पुगेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ ।

त्यसैगरी हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४०० मा कोरोना परीक्षण गर्दा थप ५८८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७८८ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs