Political Hightlights

प्रधानमन्त्री ओलीकाथि अनुशासनको कारबाही गर्ने नेकपाको तयारी

हिमालय टिभी
२०७७ पुष ५ गते १३:३१
प्रधानमन्त्री ओलीकाथि अनुशासनको कारबाही गर्ने नेकपाको तयारी

५ पुस २०७७ काठमाडौं । पार्टी निर्णयबिना नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कारबाहीको तयारी गरेको छ ।

नेकपाको पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुने क्रम शुरु भएको छ ।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने बताइएको छ ।

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवासमै बोलाइएको छ । बैठक १ बजेका लागि बोलाइए पनि प्रधानमन्त्रीको नयाँ कदमका कारण ढिला भएको छ । फाइल तस्वीर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्