Political Hightlights

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेस र जसपाको माग

हिमालय टिभी
२०७७ पुष ४ गते १८:५५
तत्काल संसद अधिवेशन बोलाउन कांग्रेस र जसपाको माग

४ पुस २०७७ काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेको हो ।

साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउनसमेत दुबै दलका शीर्ष नेता सहमत भएको जनता पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, रमेश लेखक, मीनेन्द्र रिजाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्